
बनेपा।अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
आज बिहान सिराहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौँबाट कोशीपारितर्फ जाँदै गरेको दा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका ८ घर भएका अन्दाजी ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको हो ।
प्रहरी निरीक्षक प्रशान्त तामाङका अनुसार खरेललाई उपचारको निम्ति धुलिखेल अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।


