
काठमाडौं । संविधान संशोधनबारे सरोकारवालासँग छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कार्यदल बनाएको छ।
बुधबार र बिहीबार बसेको पदाधिकारी बैठकले संविधान संशोधनबारे छलफल गर्न नेता लक्ष्मणलाल कर्णको नेतृत्वमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहेको कार्यदल बनाएको हो।



