काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन्।
बुधबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनले गरेको कार्यक्रममा बोल्दै उनले प्रजातन्त्र र गणतन्त्रको रक्षका लागि कांग्रेस र एमोलबीच कुनै मतभेद नरहेको बताए।
‘एमालेसँग कांग्रेस र कांग्रेससँग एमाले पार्टीको होलान्। तर एउटा कुरामा यो बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन ।’ देशको अवस्था चुनौतीपूर्ण रहेको भन्दै कर्मचारीहरूमा अझ यसको प्रभाव पर्ने उनले बताए। कर्मचारीहरुले पनि सकारात्मक रुपमा देशको चूनौतीको सामनामा सहयोग गर्नुपर्नैमा उनले जोड दिए ।सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न उनले कर्मचारीहरूलाई आग्रह गरे।