
पोखरा । राष्ट्रिय सभामा गण्डकी प्रदेशबाट अन्य क्लष्टरबाट कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् । तिमिल्सिनाले ५ हजार ३३ मतभार पाएर जित हासिल गरेका हुन् ।
अन्य क्लष्टर नेपाली कम्युनिस्ट पार्टीबाट कपिल लामा र राष्ट्रिय जनमोर्चाले शंकर बराललाई उम्मेदवार बनाएको थियो । गण्डकीका २२८ मतदातामध्ये २२३ मत खसेको थियो ।
राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेपाली काँग्रेस र जसपा नेपालले तालमेल गरेका थिए ।




