काठमाडौं।नेपाली कांग्रेसमा अहिले त्रिपक्षीय छलफल चलिरहेको छ ।
सभापति गगन थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाका पक्षधर नेताहरु निरन्तर छलफलमा रहेका छन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसे, रमेश लेखक र डा .मीनेन्द्र रिजाल छलफलमा जुटेको देउवा निकट एक नेताले जानकारी दिए ।
सहमतिका आधारमा टिकटको टुंगो लगाउने तयारीस्वरुप छलफल चलिरहेको ती नेताले बताए ।