काठमाडौं । नेकपा एमालेले पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
पार्टीको बिहीबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जहरु समेत हेरफेर गरेको छ । सचिवद्वय पद्मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरिएका छन् । कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज तोकिएको छ । सचिव रघुवीर महासेठलाई अन्तराष्ट्रिय विभाग प्रमुख बनाइएको छ ।
बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख तथा नीति तथा योजना सम्बद्ध विभागहरुको संयोजक तोकिएको छ । उपाध्यक्ष युवराज ज्ञवाली प्रदेश तथा स्थानीय तह समन्वय संयोजक,राजनीतिक समन्वयको जिम्मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई दिइएको छ । कुटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा संयोजनको जिम्मा उपाध्यक्ष राम बहादुर थापा बादलले पाएका छन् भने उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई राजकीय मामला संयोजक तोकिएको छ । संसदीय मामलाको संयोजक जिम्मेवारी अकाृ उपाध्यक्ष गुूरु बरालले पाएका छन् ।महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक कामको संयोजन गर्ने भनिएको छ । पार्टी स्कूल विभाग प्रमुखमा उपमहासचिव प्रदिप ज्ञवालीलाई पार्टीको ३४ औं बैठकले तोकेको छ ।