हेटौडा । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो । मतसम्बन्धी प्रस्तावमा भएको मतविभाजनका क्रममा मुख्यमन्त्री लामालाई ६४ मत प्राप्त भएको थियो भने विपक्षमा ३५ मत प्राप्त भएको थियो ।
तीन सांसद भने तटस्थ बसेका थिए ।