काठमाडौं । राष्ट्रिय जनमोर्चाले अन्तरिम सरकार संसद बाहिरबाट गठन गरेको र संसद विघटन गरेको भन्दै विरोध जनाएको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिच्ने काम गरिएको भन्दै जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले विरोध जनाएका हुन् ।
‘राष्ट्रपतिद्वारा सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकार संसद बाहिरबाट गठन गरेको हुनाले राष्ट्रपतिको उक्त कार्यको हामीले विरोध गर्दछौँ । सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिच्ने काम भएको छ ।’
‘जेनजी आन्दोलनका अगुवाहरूले संसदको विघटनलाई पूर्वशर्त बनाएका थिए, जुन गलत थियो,’ केसीले भनेका छन्, । ‘उनीहरूका गलत मागका विरुद्ध राष्ट्रपतिले अडान लिन नसकेको नै स्पष्ट हुन्छ । संसदको विघटन नेपाली जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण हो ।’ संसदको विघटनले उनीहरूको प्रतिगामी उद्देश्यलाई केही मद्दत पुग्ने केसीको विश्लेषण छ ।