
काठमाडौं । सरकारले अब मन्त्रिपरिषद् बैठकका निर्णयहरु अब २४ घण्टापछि मात्र सार्वजनिक गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषदको पहिलो बैठक सोमबार बसेको थियो ।
बैठकले सरकारको प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोकेको छ ।कुनै पनि निर्णय परिपक्क हुन समय चाहिने भएकाले यस्तो निर्णय गरेको प्रवक्ता गुरुङले बताए । मन्त्रिपरिषदको निर्णयहरु २४ घण्टासम्म गोप्य रहन्छ, मन्त्रीहरुले पनि बाहिर लान पाउँदैन, तर हामी के गर्दा रहेछौं भने आज नै भन्दिँदा रहेछौं । त्यो हाम्रो गोपनीयताको विरुद्धमा हुन्छ, अब दोस्रो बैठकदेखि तपाईंहरुलाई जानकारी गराउनुपर्ने मन्त्रिपरिषदको फैसलाहरु त्यो दिन हुन्न, २४ घण्टापछि मैले नै मन्त्रालयमा जानकारी गराउने काम हुन्छ’, सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले बताए ।



