
काठमाडौं ।नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि बैठक बोलाएका हुन् ।
पदाधिकारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी गराए ।


