नेका उपसभापति खड्का–सम्बोधन
अन्नपूर्ण (कास्की), ४ माघः नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिरः धनबहादुर गुरुङ÷रासस
काठमाडौं ।नेपाली कांग्रेसले कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्कालाई तोकेको छ।
आइतबार सभापति शेरबहादुर देउवा थाइल्याण्ड प्रस्थान गरेसँगै कांग्रेसले उनलाई कार्यवाहक सभापति तोकेको हो।
देउवा उनकी पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवासँगै थाइल्याण्ड भ्रमणमा गएकाले उनी कार्यवाहक सभापति भएका हुन् ।



