CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90
काठमाडौं। समाजवादी मोर्चाको बैठक बस्न लागेको छ ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको हो ।
राजावादी दल र समूहका गतिविधि बढिरहेको तथा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं फर्कने क्रममा हजारौं समर्थकले स्वागत गरी निर्मल निवाससम्म पुर्याएको पृष्ठभूमिमा समाजवादी मोर्चाको बैठक बस्न लागेको बताइएको छ।