डेनमार्क । हालै नेपाल सरकारको एनआरएनए नागरिकलाई दिने भनिएको दश वर्षे भिषा व्यवस्था प्रति असहमति प्रकट गरेका छन् ।
जन्मसिद्ध नागरिकको हकमा नागरिकताको निरन्तरताको लागि हालै उत्तरी युरोपको नर्डिक क्षेत्रका गैर आवासिय नेपाली प्रतिनिधिहरूले माग गरेका छन् ।
हालै डेनमार्कको राजधानी कोपन्हेगनमा सम्पन्न एनआरएनएको पाचौँ नर्डिक क्षेत्रीय बैठकले संघभित्रको विवाद र असमझदारी प्रति सचेत हुदै नर्डिक क्षेत्रका एनसिसीहरू राष्ट्रको हित,एनआरएनएको हित तथा सामूहिक अधिकारका लागि उपयुक्त समयमा एकताको महाधिवेशनको पक्षमा उभिने निर्णय गरेको बैठकका सहभागीले जानकारी दिएका छन् ।
प्रमुख अतिथिको तर्फबाट डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरबाट बैठकको समुद्घाटन भएको थियो ।
नेपाल मानव अधिकार आयोगका पूर्व प्रवक्ता गौरी प्रधान, एनआरएन यूरोप क्षेत्रका डिआरसि राजु अर्यालले शुभकामना मन्तव्य दिनु भएको उक्त कार्यक्रममा उत्तरी युरोप नर्डिक क्षेत्रका डेनमार्क, नर्वे, स्विडेन र फिनल्याण्डका एनआरएनए प्रतिनिधिहरुद्वारा नवनियुक्त राजदूतलाई स्वागत तथा सम्मान पनि गरिएको थियो ।
उक्त बैठकमार्फत विभिन्न प्रयोजनका लागि विविध फोरमको गठन गरिएको पनि जनाइएको छ । गैर आवासीय नेपाली संघ एनसिसी डेनमार्कका पूर्व अध्यक्ष दिपक सापकोटाको संयोजकत्वमा नोर्डिक क्षेत्रबाट गैरआवासीय नेपालीहरुको सामुहिक लगानीको पहलका लागि एक वर्ष भित्र विशेष भेला सम्पन्न गर्न तयारी समिति गठन भएको छ ।
समितिका सदस्यहरुमा डेनमार्कबाट कमलराज शर्मा , शैलेन्द्र अधिकारी, दिपेन्द्र चुडाल , कृष्ण पौडेल , शिव कार्की, र राधाकृष्ण सापकोटा रहेका छन् भने स्विडेनबाट राजकुमार पाठक , दिनेश कुमार श्रेष्ठ , विजय प्रधान छन् । त्यसैगरी नर्वेबाट नयन मल्ल , कुमार पण्डित , बिष्णु गौतम, जितेन्द्र शाही, पवित्र बस्नेत उक्त समितिको सदस्य छन् ।
नर्डिक राष्ट्रहरुका महिला फोरमहरुलाई संयुक्त रुपमा कार्यक्रम ल्याउन तथा क्रियाशील गराउने उद्देश्यले प्रत्येक राष्ट्रका महिला संयोजकहरु रहने गरि नोर्डिक महिला फोरम गठन गर्ने निर्णय समेत सो बैठकले गरेको छ । डेनमार्ककी लक्ष्मी वेलवासे संयोजक रहेको सो फोरममा स्विडेनबाट संजिता शर्मा, नर्वेबाट श्रद्धा सिंह थापा र डेनमार्कबाट ईशिका अर्याल सदस्य छानिएका छन् ।
नर्डिक क्षेत्रका खेलकुद लगायतका अन्य गतिविधि संयुक्त रुपमा आयोजना र सम्पन्न गर्नको लागि प्रत्येक एनसिसिका यूवा संयोजकहरु रहने गरी स्विडेनका विवेक केसीको संयोजकत्वमा यूवा फोरम पनि गठन गरिएको छ । जसमा डेनमार्कका एलेक्स पोखरेल, नरवेका असिम लम्साल सदस्य रहेका छन् ।
नर्डिक क्षेत्रमा ज्ञान तथा प्राज्ञिक गतिविधीहरू संचालन गर्न डेनमार्कका एलेक्स पोखरेलको संयोजकत्वमा प्रत्येक नर्डिक राष्ट्रबाट प्रतिनिधिहरु सम्मिलित एक कमिटि गठन गरि कार्यक्रम ल्याउने पनि निर्णय भएको छ ।
आगामी छैठौँ नर्डिक बैठक स्वीडेनमा हुने जनाइएको छ ।