
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको काठमाडौंमा भएको महाधिवेशनबाट उपाध्यक्षमा मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएकी छन्।
महिला उपाध्यक्षमा मानुषीको मात्रै उम्मेदवारी परेको हो।
काठमाडौंको कमलादीमा नेसपा (नयाँ शक्ति) को महाधिवेशन जारी छ। अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका छन्।
अध्यक्षमा भने बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा हुने भएको छ।
मानुषी यमि भट्टराई सहितउपाध्यक्ष (दलित) दुर्गा सोब ,कोशी प्रदेश केन्द्रीय सदस्य)खुल्ला) मणि राई,कोशी प्रदेश केन्द्रीय सदस्य (महिला) तारा बास्तोला दवाडी ,मधेश प्रदेश केन्द्रीय सदस्य (महिला) बिबि समिना खातुन,बागमती प्रदेश केन्द्रीय सदस्य (महिला) बसुन्धरा सापकोटा,गण्डकी प्रदेश केन्द्रीय सदस्य )खुल्ला) चित्र सापकोटा,गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) नारायणी अधिकारी
लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) कमल खनाल,लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) सुनिता काफ्ले,कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लक्ष्मीप्रसाद भट्टराई,कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) मीराकुमारी मल्ल,सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुल्ला) रतनबहादुर टमटा लगायत निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) सत्यदेवी चापागाईं, भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लोकेन्द्रबहादुर सुनार
केन्द्रीय सदस्य खुला युवा महिला निशा श्रेष्ठ,आदिवासी जनजाती युवा महिला मन्जु माया तामाङ,मधेशी महिला अमृता कुमारी देवी,
दलित केन्द्रीय सदस्य युवा हिक्मत विक,थारू महिला गीता थनेत पनि निर्विरोध भएका छन् ।



