काठमाडौं । सत्तारूढ दलहरूको बैठकले संसदको हिउँदे अधिवेशनलाई बढी भन्दा बढी कानून निर्माण गर्ने अधिवेशनका रूपमा अघि बढाउने छलफल गरी निर्णय गरेको छ।
सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकले १८ गतेबाट सञ्चालन हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरूपमा एउटै आवाज उठाउने निर्णय गरेको हो।
‘संसदमा सिंगो सत्तापक्ष एकरूपताका साथ अघि बढ्ने,हामीले शालिनताका साथ संसदलाई रचनात्मक र सिर्जनात्मक ढंगबाट अघि बढाउन, संसदलाई बढी भन्दा बढी कानून निर्माणको थलोका रूपमा विकास गर्न छलफल भएको छ।’
उनले १८ गतेको संसदको बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने पनि बताए।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले अध्यादेश जारी गरेको र सबैले सकारात्मक रूपमा लिएको बताए।