काठमाडौं । नेपाली कांग्रेसले आफ्ना विभिन्न ३७ वटा विभागमा सचिव मनोनित गरेको छ।
सभापति शेरबहादुर देउवाले शुक्रबार ३७ विभाग सचिव नियुक्त गरेका हुन्।
कांग्रेसमा सभापतिले विभाग प्रमुख, सचिव र सदस्यहरू मनोनित गर्ने व्यवस्था छ। कांग्रेसमा ७० वटा विभाग छ।
महाधिवेशन भएको ६ महिनाभित्र यस्ता विभागलाई पूर्णता दिनुपर्ने भए पनि ढिला गरी सभापति देउवाले विभागहरू गठन गरेका हुन्।