काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ गराएकाछन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपतिपौडेलले गणतन्त्रपोर्चुगल, मलेलिया, गणतन्त्रदक्षिणअफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नव नियुक्त राजदूतहरूलाई शपथ गराएका हुन् ।
राजदूतहरू प्रकाश मणी पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्रा. डा. कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिणअफ्रिका, सेवालम्साल बेल्जियमअधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।