काठमाडौं । विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मी क्लबले बिहीवार एन्फा महिला फुटबल लिगमा सहज जित निकालेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार आर्मीले वाग्मती युथ क्लबलाई र एपीएफले वालिङ नगरपालिकालाई हराएको हो ।
पहिलो खेलमा आर्मीले वाग्मतीमाथि ३–० को जित निकाल्यो । अर्को विभागीय टोली एपीएफले दोस्रो खेलमा वालिङमाथि २–१ को सफलता प्राप्त गर्यो । यी जितसँगै आर्मी र एपीएफले शीर्ष पाँचको दाबेदारी बलियो बनाएको छ ।