काठमाडौं । तीजको निम्ति दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने व्यवस्था मिलाइएको छ ।
उक्त दिन भगवान् पशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीको सुविधाका निम्ति गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिणपट्टि जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको
छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा। मिलनकुमार थापाले तिजका निम्ति आवश्यक सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शन मागको व्यवस्थापन अन्तिम चरणमा पुगेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शकराचार्य मठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो डोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिर निस्किएर शंकराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको जानकारी दिए ।
पिंगलास्थानबाट वनकाली, चार शिवालय–पञ्चदेवलपूर्व–बजघर–दक्षिण ढोका हुँदै चौँसट्ठी सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिर निस्किएर पञ्चदेवल पूर्वदक्षिणमा निर्मित जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको उनले बताए ।
उक्त दिन भगवान् पशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीको सुविधाका निम्ति गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिणपट्टि जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको सदस्य सचिव डा. थापाले जानकारी दिए ।