काठमाडौं । गत अगष्टदेखि यता दैनिक एक सयभन्दा बढी डेंगी संक्रमित थपिइरहेको पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार अगष्टका २३ दिन सम्म दुई हजार पाँचजनामा डेंगी पुष्टि भएको छ ।
यही अवधिमा तनहुँमा सबैभन्दा धेरै एक हजार ४५ जनामा डेंगी पुष्टि भएको छ ।कास्कीमा पनि संक्रमितको संख्या ४०८ पुगेको छ । नाङमा दुईजनामा डेंगी देखिएको छ भने मुस्ताँगबाहेक गण्डकी डेँगीबाट प्रभावित भएको पाइएको छ । कोशी प्रदेशका सबैजसो जिल्लामा र कर्णाली प्रदेशको हुम्ला बाहेक सबै ज्ल्लिा डेँगीबाट प्रभावित भएको पाइएको छ ।
तर, डेंगीको जोखिम भने पोष्ट मनसुनसम्म नै रहने वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा। शेरबहादुर पुनको अनुभव छ । यसअघिका वर्षहरूमा काठमाडौंमा मंसिर–पुसमा समेत डेंगीका बिरामीको उपचार गरेको उनी सुनाउँछन् ।