सिन्धुपाल्चोक । पाँच पोखरीको पवित्र हिमाली काखमा महाशिवरात्रिको पावन अवसर पारेर आयोजित विशेष योग–ध्यान, साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
समुद्री सतहबाट करिब ४२०० मिटर उचाइमा अवस्थित यस धार्मिक तथा पर्यटकीय गन्तव्यमा २०८२÷११÷०१ गतेदेखि सुरु भएको आध्यात्मिक,सांस्कृतिक र साहसिक यात्रा सहभागीहरूका लागि अविस्मरणीय अनुभव बनेको आयोजकले जनाएको छ।
विश्वकै अग्ला तालहरूमध्ये करिब ९औँ स्थानमा मानिने पाँच पोखरी क्षेत्रमा हिमालको शान्त ऊर्जा र प्राकृतिक सौन्दर्यबीच गरिएको योग–ध्यान तथा साउन्ड हिलिङ्ग अभ्यासले सहभागीहरूलाई गहिरो आत्मिक शान्ति, मानसिक सन्तुलन र सकारात्मक ऊर्जा प्रदान गरेको बताइएको छ।
कार्यक्रमको आयोजना ल्भध ख्ष्कष्यल ल्भउब िले गरेको थियो। हिमाली वातावरणमै गरिएको साधनाले ‘प्रकृतिसँगको एकत्व’ को अनुभूति गराएको सहभागीहरूको अनुभव छ।
सांस्कृतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। कलाकार सबनम खड्गीले जीवित देवी कुमारीको भाव झल्किने कुमारी नृत्य प्रस्तुत गरेका थिए ।





