बंगलादेशमा आजबाट विद्यार्थीहरूको अर्को चरणको आन्दोलन सुरु भएको छ ।
हालैको आरक्षणविरोधी आन्दोलनमा दुई सयभन्दा बढी विद्यार्थी मारिएको र करिब १० हजार पक्राउ गरिएको जनाइएको छ ।
यसअघि सर्वोच्च अदालतले तल्लो अदालतको निर्णय उल्ट्याइसकेकोले आरक्षणविरोधी आन्दोलन केही मत्थर भएको थियो ।
तर फेरी आन्दोलनका क्रममा भएको हत्या र धरपकडलाई लिएर विद्यार्थी आन्दोलित भएका हुन् ।
आन्दोलनकारीहरुले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गरेका छन् ।उनीहरुले देशव्यापी रूपमा अवज्ञा आन्दोलन सुरु गर्दै जनतालाई ट्याक्स र युटिलिटिज बिल नतिर्न आब्हान गरेका छन् । विद्यार्थीहरूले सबै कलकारखाना र सार्वजनिक यातायात बन्द गर्न समेत आग्रह गरेका छन् । उता हसिनाको अवामी लिग पार्टीले पनि आज आइतबारबाट नै देशव्यापी प्रदर्शनको आब्हान गरेको छ । यसले गर्दा दोहोरो भिडन्त हुनसक्ने सम्भावना देखेर सरकारले सूरक्षा ब्यवस्थामा कडाइ गरेको बताइएको छ ।