काठमाडौ । घरेलु टोली फ्रान्स पेरिस ओलम्पिकको पुरुष फुटबलमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको खेलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै फ्रान्स अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलमा फ्रान्सका लागि जिन फिलिपि माटेटाले पाँचौ मिनेटमै गोल गरी अग्रता दिलाएका थिए । त्यही गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो ।
अर्जेन्टिनाले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल भएन । अर्जेन्टिनाका जिउलियानो सिमिओनीले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् ।