काठमाडौ ।अभिनेता अक्षय कुमार अभिनीत फिल्म सरफिरा गत शुक्रबारदेखि भारतदेखि विश्वभर प्रदर्शन भइरहेको छ।
अक्षयसँगै राधिका मदान र परेश रावलको अभिनय भएको फिल्मलाई समीक्षकहरुले रूचाए पनि फिल्मले बक्स अफिसमा खासै राम्रो कमाइ गर्न सकेको छैन।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले एक सातामा १८ करोड ८० लाख भारू कमाएको छ।
२ करोड ५० लाखमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४ करोड ५० लाख, तेस्रो दिन १ करोड ४५ लाख, चौथो दिन १ करोड ९५ लाख, पाँचौं दिन ५ करोड २५ लाख, छैठौं दिन २ करोड र १ करोड २५ भारू कमाएको बताइएको छ ।
यो दक्षिण भारतीय अभिनेता सूर्याको फिल्म सोरारई पोटरू को हिन्दी रिमेक ल्फिम हो जसलाई तमिल भाषाको यस फिल्मलाई सुधा कोंगरा प्रसादले निर्देशन गरेका थिए। हिन्दी भाषाको फिल्मलाई पनि उनैले निर्देशन गरेका हुन्।