
काठमाडौ । स्पेनले युरोकप २०२४ को उपाधि जितेको छ।
जर्मनीको बर्लिनमा सोमबार राति भएको फाइनल खेलमा इंग्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै स्पेनले उपाधि जितेको हो।
इंग्लिस टिमलाई पराजित गर्न निको विलियम्स र मिकेल ओयरजबालले एकरएक गोल गरेका थिए ।
७३ औं मिनेटमा कोल पाल्मरले बराबरी गोल फर्काएपछि इंग्ल्याण्ड खेलमा फर्किएको थियो। पाल्मर ७० औं मिनेटमा कोबी मायनुलाई सब्सिच्युट गर्दै मैदान प्रवेश गरेका थिए। उनले ज्युड बेलिङ्घमको पासमा सानदार गोल गरे।
बराबरी गोल फर्काएपछि इंग्ल्याण्ड आक्रामक र स्पेन केहीबेर रक्षात्मक देखिएको थियो। तर ८६ औं मिनेटमा मार्क कुकुरेलाको पासमा मिकेल ओयरजबालले गोल गरेपछि स्पेन २-१ ले विजयी हुँदै युरोकपको उपाधी चुम्न सफल भयो ।





