काठमाडौं । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति अध्यक्ष स्थबिर धर्म मूर्तिको अध्यक्षतामा बुद्ध जयन्ती समारोह मूल समिति गठन गरेको छ। नेपाल संवत ११४५ बछलाथ्व पुर्णिमा बैशाख २९गते सोमबार का दिन २५६९ औ जयन्ती मनाउने निर्णय गरेको छ । बुद्ध जन्मेको दिन स्वन्यापुन्ही, सम्बोधिलाम तथा महापर्निर्वाणका भनि सम्झने गरिन्छ।
बुद्ध जयन्ति मूल समारोह समितिको बिशेष बैठकमा स्वयम्भू प्रहरीबृतका डी एस पी श्री उद्धव सिंह भाट , स्वयम्भु ट्राफिकका दिवाकर महत, श्री हरि गोपाल श्रेष्ठ (सामाजिक स्वास्थ्य सेवा) , पुजा श्रेष्ठ (नेपाल स्काउट) , जितेन्द्र नकर्मी (नकर्मी समाज) र श्री प्रेम हिरा तुलाधर (नेपाल भाषा मिसा खल:) कालगाएतको उपस्थिति थियो। सो दिन पर्यटकहरुका लागि निशुल्क प्रवेश गरिने छ ।
बिहानै देखि आनन्दकुटी बिहारको प्रागणमा बुद्धकोअस्ठी धातु प्रदर्शन गर्ने प्रवन्ध मिलाइएको छ।
साथै अपरान्ह बुद्धको जीवन अंकित तस्बिरहरु प्रदर्शन र जलपानको पनि ब्यवस्था गरिएको महासमिति सह कोषाध्यक्ष प्रा डा केशब श्रेष्ठले जानकारी दिनु भयो।