काठमाडौं ।भारतका पूर्वप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता मनमोहन सिंहको निधन भएको छ।
उनी सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतका प्रधानमन्त्री थिए।
राजधानी नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआइआइएमएस) अस्पतालमा बिहीबार राति ९ बजेर ५१ मिनेटमा उनको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। मनमोहन सिंह ९२ वर्षका थिए ।
लामो समयदेखि बिरामी उनलाई बिहीबार साँझ स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो।
भारतलाई आर्थिक उदारीकरणमा लैजान महत्त्वपूर्ण भूमिका खेलेका सिंहको जन्म सन् १९३२ सेप्टेम्बर २६ मा भएको थियो। उनी अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा जन्मिएका थिए।