
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ।
आइतबार दशरथ रंगाशालामा भएको सेमिफाइनल खेलमा टाइ बेकर शुटआउटमा नेपालले भारतलाई पराजित गरेको हो।
सनसनीपूर्ण खेलमा विवादले दुई पटकसम्म रोकिएर ए-एक बराबरीमा खेल सकिएको थियो। गोल विवादले झन्डै एक घण्टा १५ मिनेट खेल अवरुद्ध भएको थियो । विवाद समाधानपछि खेल सुरु भएको दोस्रो मिनेटमै नेपालबाट सावित्रा भण्डारीले गोल गरेकी थिइन् ।

खेलको ७१औँ मिनेटमा नेपालले विवादित गोल गरेको थियो । तर, त्यो गोलले मान्यता नपाएपछि खेल अवरुद्ध भएको थियो ।
दोस्रो हाफको २६औँ मिनेटमा भारतले गोल गरेको थियो । तर, विपक्षी खेलाडी खुसियाली मनाउँदै गर्दा रेफ्रीको विवादित प्ले अन ह्विसिलपछि नेपालले गोल गरेको थियो ।
यसअघि दोस्रो हाफको सुरुवातमै नेपालकी रेखा पौडेलले रातो कार्ड पाएकी थिइन् । दोहोरो पहेँलो कार्डपछि रेखा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिइन् । रेफ्रीले रेखालाई रातो कार्ड देखाएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

घरेलु मैदानमा हजारौं दर्शकको साथ पाएको नेपालले पेनाल्टी शुटआउटमा नेपालले चार गोल गर्दा भारतले दुई गोलमात्रै गरेको हो। फाइनलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ। विवादका कारण अवरोध भएको खेल १७ मिनेट सम्म लम्बिएको थियो।दशरथ रंगशालाको क्षमता भने १५ हजार भएपनि नेपाल र भारतबीचको खेल हेर्नेहरु रंगशालाको क्षमताभन्दा बढी थिए ।
नेपाल र भारतबीच साफको सेमिफाइनलमा दोस्रो पटक प्रतिस्पर्धा भएको हो। सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो।
यसैविच यस अघि भएको सेमीफाइनल खेलमा बंगलादेशले भूटानलाई हराएर फाइनल यात्रा तय गरिसकेको छ ।
नेपाल र बंगलादेश बीच फाइनल खेल आगामी बुधबार हुनेछ ।

