
दाङ । दाङको तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेको खुल्न आएको छ ।








