
काठमाडौं । म्यानचेस्टर सिटीले स्पार्टा विरूद्ध जित निकालेको छ।
च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा सिटीले स्पार्टाविरूद्ध ५-० गोलको सानदार जित निकालेको हो।
इतिहाड स्टेडियममा स्पार्टलाई पराजित गर्दा अर्लिङ हालाण्डले दुई गोल गरे।
तेस्रो मिनेटमा फोडनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
५८ मिनेटमा हालाण्डले अग्रता दोब्बर बनाए। ६४ मिनेटमा स्टोन्स र ६८ मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरे भने ८८ मिनेटमा सिटीले पाएको पेनाल्टीलाई म्याथ्युस नुनेजले सदुपयोग गरेपछि सिटी ५(० गोलले विजयी भयो।
जारी सिजनमा सिटी हालसम्म अपराजित छ ।




