पनौती,काभ्रे । आदित्य मोक्षधाम दारिमबोट,पनौतीमा आदिस्तम्भ प्राणप्रतिष्ठा महाअनुष्ठान सम्पन्न भएको छ ।
यहि असोज २२ देखि २४ सम्म आयोजित परम पूज्य गुरुदेव योगी चैतन्य आदित्यनाथबाट सत्संकल्पित विश्वशान्ति जगत कल्याण यज्ञ तथा आदिस्तम्भ प्राणप्रतिष्ठा महाअनुष्ठान सफलतापूर्वक सुसम्पन्न भएको हो ।

उक्त आदिस्तम्भ ॐआदि फाउण्डेशन अन्तर्गत गठित आदित्य मोक्षधाम निर्माण समितिले निर्माण गरेको हो । यसका संयोजक क्या.रामेश्वर थापा रहेका छन् ।

३६ फिट अग्लो आदि स्तम्भ भारतको मकराना राजस्थानबाट ल्याएको मार्वलको कमल,क्रिष्टलको नाग सहित अदभुत महादेव मन्दिर समेत निर्माण भएको छ भने गुरु आदित्यको प्रतिमाको समेत अनावरण भएको छ ।
गुरुद्धारा यो मोक्षधाम स्थानीयलाई संरक्षणको निम्ति हस्तान्तरण गर्नुभएको निर्देशक राजकुमार सापकोटाले इखवर नेटलाई जानकारी दिए ।