
ललितपूर। अनुषा शर्माको ‘पोएटिक डायस्पोरा’ अँग्रेजी कवितासङ्ग्रह लिटिल एन्जल्स स्कूल, हातिवनको प्रांगणमा हालै विमोचन गरियो ।
उक्त कृतिलाई प्रमुख अतिथि डा. अभि सुवेदी लगायतले विमोचन गरे ।
डा. सुवेदीले लेखकको प्रशंसा गर्दै अंग्रेजीमा कविता लेख्नु चुनौतीपूर्ण भएको बताए । अनुषा शर्माको अनुभवसँग प्रतिध्वनित गर्दै प्रमुख अतिथि डा. सुवेदीले पुस्तकको कविताहरूमा गहिरो भाव आएको भन्दै कविको प्रशंसा गरे। मेडिम लामिछाने, युलेन्स स्कूलका प्रधानाध्यापक काठमाडौं विश्वविद्यालयका प्राध्यापक जयराज अवस्थी, लक्ष्मण ज्ञवाली लगायतका वक्ताहरुले पुस्तकको सम्बन्धमा आफ्नो विचार साझा गरे।
नेल्टाका अध्यक्ष र डा. मित्र बन्धु पौड्याल तथा मेडिन लामिछानेले पनि उक्त कृतिका कविता वाचन गरे ।
डा.पौड्यालले गीताको शिक्षा जस्तै पोएटिक डायस्पोराले जीवन परिवर्तनलाई प्रतिबिम्बित गर्ने विचार व्यक्त गरे। प्राध्यापक जयराज अवस्थीले अन्तिम कविता, मेरो गल्तीहरू, वाचन गरे । साथै उनले भुलबाट सिक्ने र रूपान्तरित मानव बन्ने आशावादी सन्देशलाई कविताले प्रवाह गरेको कुरा जोड दिए।
लिटिल एन्जल्स स्कूलका प्रिन्सिपल मुकुन्दराज शर्माले पुस्तकको शीर्षक डायस्पोरालाई विवाहपछि छोरीको विस्थापनसँग जोडेर व्याख्या गरे। उनले लिटिल एन्जल्स स्कूलको गतिशील शिक्षिकाको रूपमा अनुषा शर्मालाई निरन्तर सहयोग गर्ने आश्वासन दिए।
राम बाबु सुवेदीले पाहुनाहरूलाई स्वागत गरे ।
उक्त पुस्तक लोकार्पण कार्यक्रमको सञ्चालन लेखिकाकी सुपुत्री प्रत्युषा सुवेदीले गरेकी थिइन ।
पुस्तकमा विभिन्न विषयका १२९ वटा कविताहरु समावेश गरिएको छ।
पुस्तकको सम्पादन राजीव श्रेष्ठले गरेका हुन ।
