काठमाडौं। ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८२’ का लागि प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाहरू चयन भएको छ ।
बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८२ को मूल निर्णायक समूहका संयोजक साहित्यकार अशेष मल्ल तथा सदस्यहरू कथाकारद्वय मञ्जु काँचुली र अभय श्रेष्ठ सम्मिलित टोलीले उत्कृष्ट २५ कथा चयन गरेको हो ।
काठमाडौं । सातौँ संस्करणको ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८२’ का लागि प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाहरू चयन भएको छ ।
बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८२ को मूल निर्णायक समूहका संयोजक साहित्यकार अशेष मल्ल तथा सदस्यहरू कथाकारद्वय मञ्जु काँचुली र अभय श्रेष्ठ सम्मिलित टोलीले उत्कृष्ट २५ कथा चयन गरेको हो ।
यस वर्षका उत्कृष्ट २५ मा पर्न सफल कथाका कथाकारहरूमा चेतनाथ आचार्य, उमेश श्रेष्ठ, शेखर दहित, शिवराज शाही, कृष्णराज सर्वहारी, ऋतेश गुरुङ, प्रज्ञा निरौला, सीता पाण्डे, भोगेन्द्र लिङ्देन, हरिबोल काफ्ले, वसन्तबायुङ राई (नाम्दोचा), लक्ष्मण सिटौला, इन्द्रप्रसाद गोतामे (जगतजङ्ग), जमुना भट्टराई, अनिता पन्थी, अविनाश भट्टराई, मन्दिरा मधुश्री र अमित घिमिरे रहेका छन् ।
त्यसैगरी,२५ भित्रका अन्य कथाकारमा टीकाराम पोखरेल, उमा शर्मा, अनिता कोइराला, विष्णु एस राई, दामोदर ढुङ्गेल, प्रकाशकुमार शर्मा र डा. हिमलाल श्रेष्ठका कथा परेका छन् ।
यस वर्षदेखि सर्वोत्कृष्ट तीन पहिलो, दोस्रो र तेस्रो हुने कथाका कथाकारलाई क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिका साथै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
उत्कृष्ट २५ भित्रका बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिने आयोजकले बताएका छन् ।
आयोजकले बताए अनुसार यस वर्षको प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय कथाको नतिजासहित कथाकृति ‘उत्कृष्ट कथा २०८२’ यही पुस १० गते बिहीबार काठमाडौंमा आयोजना गरिने विशेष समारोहबीच सार्वजनिक गरिनेछ ।