काठमाडौं ।हामी र हाम्रो कृति समाजको आयोजनामा सरस्वती भित्रकोटीको मुक्तकसङ्ग्रह ‘प्रेमपत्र’ लोकार्पित भयो ।
हामी र हाम्रो कृति समाजका आजीवन सदस्य कर्ण दयाल ‘सोराडी’ को अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमा प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष मुक्तककार वियोगी बुढाथोकीले समाजको कार्यप्रति प्रशंसा गर्नुभएको थियो ।
त्यसैगरि लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा, हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारी, कृतिकारका दाजु नरेन्द्र भित्रकोटी ले पनि आ-आफ्नो मन्तव्य व्यक्त गर्दै शुभकामना दिनुभएको थियो ।
विमोचित कृतिका समीक्षक समालोचक प्रा.डा. गोविन्द मानसिंह कार्कीले विमोचित कृतिका बारेमा समीक्षा गर्नुभएको थियो ।
कृतिकार सरस्वती भित्रकोटीले छोटो समयमा पुस्तक तयार पारेर लोकार्पण गरिदिनु भएकोमा हामी र हाम्रो कृति समाजका सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।
मन्तव्यमा संस्थाका अध्यक्ष मदन प्रसाद नेपालले संस्थाले गर्ने भावी कार्यक्रमको बारेमा अवगत गराउनु भयो ।
कार्यक्रममा मानन्धर अभागी, तिलक गाउँले, शशीश्री आचार्य, प्रमुना दहाल, दल बहादुर नेपाली, निना श्रेष्ठ, मीना चौलागाईँ, नानु राणा थापा, डिल्ली भुषाल, कृष्ण कुमार वैद्य, नम्रता उप्रेती, बद्री उप्रेती, गीता अर्याल, सुजन डोटेल, नारायण विश्वकर्मा, रामेश्वर के.सी.लब खड्का, रन बहादुर बुढाथोकी र उदयराज भण्डारीले विमोचित कृतिबाट र आफ्ना रचनाहरू वाचन गर्नु भएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन संगीता खरेल र स्वागत मन्तव्य हामी र हाम्रो कृति समाजका संस्थापक सचिव बद्री उप्रेतीले गर्नुभएको थियो।