साइनो
एउटा केटा निकै दिनदेखि पछि लागेको जस्तो लागेर रसोदाले उक्त मान्छे लाई पर्खिएरै सोधिन् ‘ सर निकै दिन देखि देख्दै छु सर मलाई फलो गरिरहनुभएको छ। केही भयो या केही छ मसँग?’ मान्छेलाई पनि आँट आयो र बोल्यो ‘ मलाई हजुर आफ्नो त कोही हो जस्तो लाग्छ। किन लाग्छ मलाई थाह छैन। तर तपाईंको अनुहार मेरो फुपूसँग दुरुस्त मिल्छ हेर्नुस् त भनेर ५० वर्ष पुरानो श्यामस्वेत फोटो निकालेर देखाए नभन्दै फोटो रसोदासँग लगभग मिल्दोजुल्दो अनुहार छ। रसोदा अलमल परिन् । होइन ब्रह्माण्ड मा अनुहार मिल्ने धेरै हुन्छन् मिल्यो होला। उत्तर दिएर हिँडिन् । तर उक्त मान्छे सन्तुष्ट देखिएनन् । होइन नानी अलिकति जानकारी पनि पाए हुन्थ्यो नि। बोल्दै मा बिग्रिने त केही होइन। र समय छ भने जानकारी पाऊँ न। मान्छे ले रोक्न चाहेको आशय रसोदा लाई पनि नराम्रो लागेन । र जवाफ दिइन् ‘ हजुरलाई के विषय मा जान्न मन लागेको भन्नुस् न?’ हजुरको आमाको नाम, घर, ठेगाना, पहाडघर, मावली आदि एसो भन्न मिल्ने भए जानकारी पाऊँ न!’ रसोदाले भन्दै गइन् ‘ मेरो मावली पोखरा हो अरे तर मेरो आमा पोखरा आफ्नो माइती कहिल्यै जानुभएन रे। किन कि सानै बच्चामा जुम्ल्याहा छोरी जन्मिएपछि एउटा बच्चा साथीको बच्चा मृत जन्मिएको ले ती आमालाई मानसिक समस्याबाट बाहिर निकाल्न नसकेपछि हजुरबुवाले एउटा छोरी आफ्नो साथीलाई उनकै भनेर बुझाउनुभएको रे। बिहे गर्दा सम्म त राम्रै थियो रे छोरीको बिहे गरेपछि हजुरआमा बित्नुभयो र पछाडि माइती जाँदा अरू काकाबाहरू र दाजु भाउजूले मेरो आमा गैह्र सन्तान भएको जानकारी दिनुभयो। मेरी आमालाई असैह्य भएर हृदयघात भई हामी सबै लाई छोडेर जानुभयो। अहिले मेरो पनि माइती मावली केही छैन। तर म मेरा पतिसँग खुशी छु। कहीं जानु पर्दैन। दुनियाँ यस्तै हो।’ यति सुन्दा उक्त मान्छे अत्यन्तै भावुक देखिँदै थिए।
कथाले कुन मोड लियो । जिन्दगीले कुन चरण पार गर्यो अब खुशीमा भाँजो हाले जस्तो पो होला सही कुरा भनौँ भने यस्तै सोच आएर उक्त मान्छे नबोली फर्किए । मनमनै सोचे साइनो लगाएर के हुने रहेछ र। मेरा माता पिताको उद्देश्य थिएन सन्तान अपरिचित बनाउने । मित्र माथि घात नहोस् भनेर हो आफ्नै छोरी यसरी सुम्पिएका । पिताजीलाई वचन त दिएको थिएँ अन्तिम सास जाँदा आफ्नी बहिनीलाई जसरी पनि माइती ल्याउँछु भनेर तर बहिनी नै नरहेपछि यो साइनोले मेरी भान्जीलाई झन पोल्ने पो हो कि? कसरी भनूँ?
रसोदाले पनि उक्त मान्छेलाई निकै बेर घोरिएर हेरिन् कता कता चिने जस्तो परिचित जस्तो लागेको पनि हो। तर बोलाइनन्। अनिश्चित नतिजाको म पछि नलागूँ उनलाई लाग्यो र नितान्त हेरिन् मात्रै। पर पुग्दा सम्म उक्त मान्छे ले फर्की फर्की हेरे आफ्नो साइनो जस्तै।