कृति : रिडी र राँची(हाँस्दै(रुँदै)
विधा : उपन्यास
उपन्यासकार : टुकराज मिश्र
राणा शासनकालको सम्पूर्ण वृतान्त उपन्यासले जानकारी दिन्छ । जंगबहादुरदेखि मोहनशमसेरसम्मको शासनका सम्पूर्ण कुराहरु संक्षिप्त विवरणात्मक रुपमा केही कल्पनाशीलता जोडेर यो उपन्यासको रचना भएको छ । उपन्यासमा रणोद्धिपसिंहको ९ बर्षे शासनकालमा पनि हर्ताकर्ता धिरशमसेर रहेको,रणोद्धिपसिंहको हत्यापछि वीरशमसेर खलकमा शासन गएको,त्यसपछिका ६५ बर्षे शासनकालको संक्षिप्त विवरणलाई औपन्यासिक भावमा उपन्यासकारले पस्केका छन् ।
प्रस्तुत उपन्यासमा जगतजंग र धीरशमसेरको शक्तिसंघर्षको कथा देखाइएको छ ।जंगबहादुरका छोराहरुले कसरी शक्ति संघर्षमा पराजित हुनपर्यो र शासन धीरशमसेरका छोराहरुतिर गयो भन्ने कुराको रोचक प्रस्तुतीकरण गरिएको छ । यसमा चन्द्रशमसेरको २८ बर्षै शासन,भीम,जुद्ध,चन्द्र,पद्य र मोहन शमसेरको शासनको वर्णन छ ।
२३ बर्ष राणाशासनकालमा सरकारी सेवा गरेका टुकराज मिश्रको देखाई भोगाई यहाँ पढ्न पाइन्छ ।
प्रस्तुत कृति नेपाल प्रज्ञा प्रतिष्ठानले २०४८ सालमा प्रकाशित गरेको हो ।
कृति :एब्सट्रयाक्ट चिन्तन : प्याज
विधा : निबन्ध
निबन्धकार :शङ्कर लामिछाने
नेपाली निबन्धलेखनीमा आयामिक चिन्तक हुन लामिछाने । कुशल निबन्धशीपका धनि ब्यक्तित्व हुन् लामिछाने । यो निबन्धको शिर्षकृत निबन्ध आधूनिक नेपाली निबन्धको नयाँ घुम्तिको रुपमा सबैजसोले स्वीकार गरेका छन् । उनले यसमा अस्तित्वचेत र विसंगतिबोधलाई नयाँ मोड दिएर निबन्ध कोरेका छन् ।
२०२४ सालमा पहिलो पटक साझा प्रकाशनबाट प्रकाशित यो निबन्ध कृति आजपनि उतिक्कै लोकप्रिय छ । विभिन्न शिर्षकका १० वटा भएको यो कृति प्रकाशित हुनुअघिसम्म महाकवि देवकोटाले स्थापित गरेको मान्यता थियो । यो कृतिले मदन पुरस्कार समेत पाएको थियो ।
चिन्तन आकाररहित हुन्छ । अमुर्त हुन्छ । प्राय उनका निबन्धहरुमा चेतनाको गहिराइ मुखरित भएका छन् । विचारहरु घनिभूत रुपले निबन्ध मार्फत आएका छन् । यो निबन्धसंग्रहको जन्म विसंगतवादको आलोकमा भएको हो । मानविय जीवनका विसंगतपक्षहरु यहाँ पाइन्छ । यसैले भन्न सकिन्छ विसंगतीवादको निर्माणमा यी निबन्धहरु आएका छन् ।
आजका मान्छेको आवरण हेर्दा सुखी,खुशी देखिएका छन् । सम्पन्न देखिएका छन् । तर यथार्थमा उसको जीवनको पत्रहरु प्याज जस्तै केलाउँने हो भने अभाव,पिडा,विकृत र अनेकानेन समस्याले ग्रस्त भेटाउँन सकिन्छ । उनका निबन्ध यसै भन्छन् । वौद्धिकताको कसीमा घोटिएका छन् निबन्धहरु । विश्लेषणात्मक र तार्किक लाग्छन् । कलात्मकताको लेपन गरिएका सुन्दर छन् निबन्धहरु ।
विधा :पुस्कर शमशेरका कथाहरु
कथाकार :पुस्कर शमशेर
सम्पादन :डा.दयाराम श्रेष्ठ
विं.सं.१९५८ मा जन्मेका कथाकार पुस्कर शमशेर ।सचेत र सजगभ एर नेपाली समाजका विभिन्न समस्याहरुमाथि घोत्लँदै कथा लेख्थे । नेपाली कथा आजको अवस्थामा आउन उनको महत्वपूर्ण योगदान छ ।
हामीलाई थाहा भएसम्म उनले जम्मा पाँच थान कथा लेखे । थोरै भएपनि स्तरीय लेखे । अनेकौं सामाजिक दुर्नियतिका कुरा कथामा पाइन्छ । उनका कथाको वैचारिक आधार सामाजिक द्धन्द हो । तथाकथित आदर्शबाट अलि पर बसेर कथा कुथेका छन् पुष्करले । परम्परागत सोचाइहरुमा परिवर्तन खोजेका छन् कथा मार्फत । नारीमाथिका असामाजिक व्यवहार विरुद्ध विद्रोह ओकलेका छन् कथाहरुमा । सामाजिक चिन्तनबाट कथाहरु अगाडि आएका छन् ।
उनको कथामा कलापोत्ने क्षमताको जतिपनि प्रशंसा कम हुन्छ । सुन्दर भावमा कथा लेखेका छन् कथाहरु सामाजिक दस्तावेज जस्ता देखिएका छन् । उनका पाँच कथाहरु परिवन्द, लोग्ने, स्वार्थत्याग, मनकोपलट र धनको मुख रातो यस कृतिमा छन् ।
सिद्धहस्त कथाकार शमशेरको कला र गुणको उचित संयोजन गर्दै कथानकतामा प्रयोग गरेका छन् । कथामा घट्नाको क्रमिक विस्तार सुलुलु परेको जस्तो लाग्छ । आफ्नै वरिपरिका परिवेशहरुमा कथानकता बुनिएका कथाहरुको कृति यो पठनीय छ ।