गीत
स्वर्गको देश
युवराज शर्मा
सिमाना पारि पोख्दैछौ हामी रगत पसिना
स्वर्गको देश नेपाल बनाउ यही छ कामना
………………. …………..यही छ चाहना
गुराँस फुल्ने देशको छाती विश्वको फूलबारी
सर्वत्रबाट विकास गर्ने गरौं है तयारी
स्वर्गको देश नेपाल मेरो हिमाली काखमा
विकासले चुमोस् सगरमाथा नेपाली पाखामा ।।
रहौँला जहाँ वीरका सन्तान विश्वको कुनामा
मेची र काली बगिरहन्छ गोर्खाली नशामा
ढाट्दैनै हामी हार्दैनै कहिल्यै ऋषिका सन्तान
अगाडि बढौं मिलेर सबै यो देश चम्काउन ।।
जुटेर फालौ मिलेर फालौ दुःखका दुर्दिन
पसिना पोख्न नजाउन् कतै नेपाली सन्तान
सीमाना पारि पोख्दैछौ हामी रगत पसिना
स्वर्गको देश नेपाल बनाउ यही छ कामना
……………………………..यही छ चाहना