काठमाडौं ।नारी साहित्य संस्था गुञ्जनले यस वर्ष प्रदान गरिने ‘गुञ्जन जेष्ठ नागरिक सम्मान’बाट वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई सम्मान गर्ने निर्णय गरेको छ ।
यसैगरी ‘गुञ्जन साहित्य सम्मान’बाट सर्जक नरेन्द्रबहादुर श्रेष्ठ,’गुञ्जन त्रिवेणी पुरस्कार २०८१’वरिष्ठ साहित्यकार डा.बेन्जु शर्मा, ‘गुञ्जन प्रतिभा पुरस्कार’ साहित्यकार मन्दिरा मधुश्री,’गुञ्जन मातृभाषा पुरस्कार २०८१’दनुवार भाषामा कलम चलाउने साहित्यकार सन्जा दनुवारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
निर्णय गुञ्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्वमा बसेको कार्यसमितिले गरेको हो ।
सो पुरस्कार र सम्मानहरू आगामी भदौ १५ गते गुञ्जनको २७ औं वार्षिकोत्सवको अवसरमा प्रदान गरिने जानकारी गुन्जनकी सचिव सन्ध्या पहाडीले बताउनु भएको छ ।