काठमाडौं।काजी हंसमान सिंहको पुस्तक इतिहासका हराएका पाना (त्रिभुवन विश्वविद्यालय स्थापनाका वृत्तान्त) लोकार्पण गरिएको छ ।
राजधानीमा बिहिबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् प्रा. शंकरराज पाठक, शिक्षाविद् केदारभक्त माथेमा, संस्कृतिविद् डा.जगमान गुरुङलगायतले कृति लोकार्पण गरे ।
कार्यक्रममा पुस्तकले अभिव्यक्त गरेको विचार र त्रिभुवन विश्वविद्यालयमाथि प्रा.पाठक, डा.गुरुङ, माथेमा, मल्ल के सुन्दर, डा.रमेशमान सिंहलगायतले आआफ्नो विचार व्यक्त गरे ।