काठमाडौं । नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले सोमबारका दिन स्रष्टासँग साहित्यिक अन्तरसंवादु कार्यक्रम सम्पन्न गरेको छ।
कर्मभूमि बेलायतबाट नेपाल आउनु भएका साहित्यकार विजय हितान र विद्युतकर्मी साहित्यिक समाज परिवार बीच साहित्यिक समाजको कार्यकक्ष दरबारमार्ग, काठमाडौँमा पर्या साहित्य केन्द्रित अन्तरसंवाद भएको हो।
अनौपचारिक र अन्तरक्रियात्मक शैलीमा करिब डेढ घन्टासम्म सन्चालन भएको सो कार्यक्रमको सहजीकरण साहित्यिक समाजका सचिव युवराज शर्माले गर्नु भएको हो।
सो कार्यक्रममा पर्या साहित्यका अभियन्ता विजय हितान, विद्युतकर्मी साहित्यिक समाजका निवर्तमान अध्यक्ष कृष्णदेव रिमाल शब्दसेनाु ,विद्युतकर्मी साहित्यिक समाज आठौं कार्यसमितिका पदाधिकारीहरू( विष्णु आचार्यअतृप्तु(अध्यक्ष), युवराज शर्मा (सचिव), भोला शर्मा (सहसचिव), मुकुन्दप्रसाद प्रसाई (कोषाध्यक्ष) ,रामराजा ओझा (सदस्य) नारायण प्रसाद आचार्य (आमन्त्रित सदस्य),शङ्कर भुसाल लगायतको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा पर्या साहित्यको सिद्धान्त, महत्त्व र नेपालमा यसको विकासका लागि हालसम्म भएका प्रयासहरूका साथै पर्या साहित्यको प्रवर्द्धनमा सम्बद्ध पक्षहरूले खेल्नु पर्ने भूमिकाका बारेमा छलफल र अन्तरक्रिया भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि विजय हितानले मानव र प्रकृति बीचको सम्बन्ध,जलवायु परिवर्तन,जैविक विविधता,वन्यजन्तु चोरी शिकारी,पर्यावरणसँग आदिबासीको साइनो, धर्मशास्त्र र पर्यावरणीय चेत, विकासले पुर्याउने वातावरणीय क्षय, ग्राम्यता र अप्रदूषित परिवेश, पर्या नारीवाद,पर्या राजनीति, जस्ता विषयलाई थिम वा सारवस्तु बनाएर पर्या साहित्य सिर्जना गर्न सकिने धारणा प्रकट गर्नु भएको थियो।
उहाँले नेपाल विद्युत प्राधिकरणले सफा ऊर्जा उत्पादन मार्फत भौतिक र आर्थिक पूर्वाधारको विकास गर्नुका साथै पर्या साहित्य केन्द्रित रचना प्रकाशनलाई प्राथमिकता दिएर पर्यावरणीय चेतना अभिवृद्धिको क्षेत्रमा काम गरिरहेको थाहा पाउँदा खुशी लागेको कुरा बताउनु भएको थियो।
उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष विष्णु आचार्य ुअतृप्तु ले पर्यावरण र अर्थतन्त्र (इकोलोजी र इकोनोमी) को समानान्तर विकास हुनुपर्छ भन्ने हरित अर्थतन्त्रको मान्यता रहेको बताउनु भयो। उहाँले प्राकृतिक सम्पदाको फारो तरिकाले उपयोग गर्दै विकासात्मक गतिविधिलाई बढोत्तरी गर्ने सुझ पर्या साहित्यले प्रदान गर्ने भएकाले यस प्रकृतिको साहित्यको सिर्जना, चिन्तन र मनन हुनुपर्ने दृष्टिकोण प्रस्तुत गर्नु भयो।
अर्को वक्ता विद्युतकर्मी साहित्यिक समाजका निवर्तमान अध्यक्ष कृष्णदेव रिमालले साहित्य समाजलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान गर्ने विद्युतकर्मी स्रष्टाहरूको योगदानको स्मरण गर्नुभएको थियो। समाजका सचिव युवराज शर्माले आमन्त्रित अतिथि हितानले पर्या साहित्य सिर्जना पुर्याउनु भएको देनको चर्चा गर्दै हितानलाई २०८० सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारु प्राप्त भएकोमा बधाई ज्ञापन गर्नुभएको थियो।सो अवसरमा विद्युतकर्मी साहित्यिक समाजको साहित्यिक प्रकाशन अमरज्योतिुका विभिन्न अङ्कहरूका साथै विष्णु आचार्य अतृप्तुको कवितासङ्ग्रह घर फर्कने तिर्खा अतिथि सर्जक विजय हितानलाई हस्तान्तरण गरिएको थियो ।त्यस्तै गरी अतिथि सर्जक विजय हितानले साहित्यिक समाजलाई आफ्ना कृतिहरू ब्लु प्लानेटु र मलाई आर्यघाट लगेर नजलाउनूुतथा गोविन्द राज भटटराई र विजय हितानको सम्पादकत्वमा साहित्य पोस्टबाट प्रकाशन भएको प्रथम नेपाली पर्या निबन्ध सङ्ग्रहु उपहार स्वरूप प्रदान गर्नु भएको थियो।
ग्रीनविच विश्वविद्यालय लन्डनबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेका हितानले दुई दशकभन्दा अघिदेखि पर्यासाहित्यमार्फत पर्यावरण संरक्षणका निम्ति विश्वव्यापी अभियान चलाइ रहनु भएको छ । उहाँले हालसालै लाहुरेको रेलिमाईु आख्यानात्मक कृतिका लागि २०८० सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्नुभएको छ। उहाँले साहित्य पोस्ट अनलाइन साहित्यिक पत्रिकामार्फत पर्या साहित्य प्रवर्द्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह समेत गर्दै आउनु भएको छ।