काठमाडौं ।अभिनव साहित्य समाजले साहित्यिक पत्रकार तथा साहित्यकार देविकातिमिल्सिनालाई पारिजात अभिनव स्मृति सम्मान २०८२ बाट नगद दशहजार सहित सम्मान अर्पण गरेको छ । ।
यस्तै सोही कार्यक्रममा ठाकुर प्रसाद खतिवडाद्वारा रचित भावनाका तरङ्ग नामक छन्द कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । प्रमुख अतिथि प्राध्यापक जगतप्रसाद उपाध्याय लगायतले उक्त कृति लोकार्पण गरे ।
भैरव स्मृति भवनमा आयोजित कार्यक्रममा २७९ औं मासिक शृङ्खलाअन्तर्गत वसन्त कवि गोष्ठी समेत गरिएको उक्त कार्यक्रम विमल अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।
लोकार्पित पुस्तकको विषयमा परशुराम पराजुली र सम्मानित व्यक्तित्वको विषयमा अध्यक्ष गोविन्द घिमिरे वेदमणिले संक्षिप्त प्रकाश पारे।
कार्यक्रममा स्वागत मन्तव्य घनश्याम प्रसाई, उद्घोषण शारदा खनाल, व्यवस्थापन नवराज पुडासैनी, सुमन पुडासैनी र बी.पी. इलामेले गरेका थिए।