
काठमाडौं । झ्याउरे छन्द कविता लेखन पुनर्जागरण अभियान र काव्य घर नेपाल मिडियाको संयुक्त आयोजनामा छन्द दिवसका अवसर पारेर यहि वैशाख ७ र ८ गते दुईदिने फेसवुकको जुम मार्फत नियमित मासिक ‘झ्याउरे कविता बाचन कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि डा. बमवहादुर थापा जिताली, भारतबाट विशेष अतिथि प्रा.डा. सत्यप्रकाश तिवारी नेपालका विभिन्न ठाउँबाट विदेशका विभिन्न मुलुकबाट बाक्लो उपस्थितिमा कार्यक्रममा सम्पन्न भएको थियो ।
उपस्थित सबैले छन्ददिवसको शुभकामना र नयाँ वर्ष २०८२ सालको शुभकामना समेत व्यक्त गर्दै सिर्जना बाचन गरेका थिए ।
दुई दिनको झ्याउरे कविगोष्ठीमा लक्ष्मीमा ज्ञावाली पाल्पा,गोपालप्रसाद दाहाल झापा, तीला लेकाली मोरङ, ललिता दोषी काठमाडौं,सुमिता पौडेल भक्तपुर,केशवराज पन्त, रणबहादुर बुढाथोकी,चन्द्रा न्यौपाने,इन्दु पन्त, काठमाडौँ, शर्मा ललिता नेपालगञ्ज, उत्तम भट्टराईदर्शन, काभ्रे प्रेमप्रसाद भट्टराई कतार,आकाश अधिकारी, तनहुँ, चन्द्रमण अधिकारी तनहुँ,र जानुका भट्टराईचितवन लगायतले सिर्जना बाचन गर्नु भएको थियो ।
विशेष अतिथि भारतबाट डा। सत्यप्रकाश तिवारीले ‘मञ्जरी’ खण्डकाव्यबाट नेपाली भाषामा झ्याउरे छन्दलयमा सुन्दर सिजना बाचन गर्नुहुर्दैै भारतमा पनि झ्याउरे विस्तार अभियानमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि डा. बमवहादुर थापा जितालीले नेपाली साहित्यको मौलिक धरोहर लोकसाहित्य झ्याउरेका बारेमा बोल्नु हुर्दै यसको विकासमा महाकवि देवकोटाको अतुलनिय योगदानको चर्चा गर्नु भयो ।हाम्रो नेपाली मौलिक मुटुको स्पन्दन झ्याउरेलाई एउटै डालोमा हालेर हेरिएकोले अव यसका हागाँ छुट्याउने बेला आएको बताउँनु भयो ।
हाम्रा झ्याउरे र झाम्रेलाई,झ्याउरे लोकगीतमा राखिएको बताउँनु भयो । साथै देवकोटाले शुरु गर्नु भएको झ्याउरे कविता लेखन अभियानलाई अहिले रेणुका भट्टराईले पुनर्जागरण ल्याउने कार्य गर्नु भएकोमा शुभकामना दिनु हुदै सबैले झ्याउरेलाई विश्वमा लैजाने अभियानमा साथ दिन पनि अनुरोध गर्नुहुदै महाकवि देवकोटाका बारेमा रचना समेत बाचन गर्नु भएको थियो ।
कार्यक्रमलाई आयोजक संस्थाका अध्यक्ष तथा झ्याउरे छन्द कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता रेणुका भट्टराई ‘मञ्जरी’ले संयोजन तथा संञ्चालन गर्नु भएका थियो ।
यो अभियान निरन्तर विभिन्न कार्यक्रम, कृतिप्रकाशन तथा सामाजिक सञ्जालमार्फत दैनिक रुपमा चलिरहेको छ । यो अभियानले नेपाली मौलिक लोकसाहित्यको जर्गेनामा समेत टेवा पु¥याउँने कार्य समेत गरिरहेको बताइएको छ ।





