काठमाडौं । राष्ट्रिय जनसाहित्यिक संघको चौथो सम्मेलन सम्पन्न भएको छ ।
राष्ट्रिय जनसाँस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्यमा उक्त सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनले नर्मदेश्वरी सत्यालको नेतृत्वमा ५१ सदस्यीय केन्द्रिय समितिको सर्वसम्मत चयन गरेको छ ।
सम्मेलनले अध्यक्ष राम विनयद्धारा प्रस्तुत प्रगति प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
सोही कार्यक्रममा कवि गंगाराम कंडेलको आमा सुन्दरी खण्डकाव्यको लोकार्पण पनि गरियो ।
प्राध्यापक डा.जिवेन्द्र देव गिरीले प्रशिक्षणात्मक मन्तव्य राखेको उक्त कार्यक्रमको बन्द शत्रमा अध्यक्ष मण्डलमा नन्दु उप्रेती,राम विनय र महेश राई रहेका थिए ।
उनीहरुले प्रस्ताव गरेको नयाँ नामहरुलाई सहभागी प्रतिनिधीहरुले सर्वसम्मत चयन गरेका थिए ।