भक्तपूर। नेपाल स्रष्टा समाजको आयोजनामा पिकनिक कार्यक्रम सम्पन्न भएको छ ।
भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समाजका आजीवन सदस्यहरुको सक्रिय सहभागितामा उक्त पिकनिक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल स्रष्टा समाजले आफ्ना विशिष्ट आजिवन सदस्यहरुको सहभागितामा प्रत्येक वर्ष पिकनिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा सहभागी स्रष्टाहरुले आ-आफ्ना सृजनाहरु प्रस्तुत गरेका थिए ।