काठमाडौं । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घाको विकासका निम्ति स्थापित भानु साहित्य उद्यानका अध्यक्ष एवं पूर्वगृहसचिव तथा साहित्यकार विजयराज भट्टराईको निधन भएको छ ।
यही माघ २१ गते (सोमबार) उनको निधन भएको साहित्य उद्यानका कोषाध्यक्ष एवं कवि मुकुन्द पौडेलले जानकारी दिए ।