
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले रबि लामिछानेसँग वयान लिने तयारी गरेको छ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीमा नाम जोडिएका रास्व्पाका अध्यक्ष एवं पूर्व गृहमन्त्री माननीय लामिछानेलाई समितिले आज बयानका निम्ति बोलाउन लागेको छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीमा नाम जोडिएका लामिछानेले आफुलाई लागेको आरोप बारम्बार अस्विकार गर्दै आइरहेका छन् ।
समितिलेसबै आरोपितसँग सोधपुछ गरिरहेको छ । सांसद सूर्य थापा सभापति रहेको समिति गत जेठ महिनामा गठन भई तीनमहिने कार्यावधि पाएको थियो ।
समितिले नीतिगत समस्या,नियति र परिस्थितिजन्य अवस्थालाई आधार बनाएर सबै आरोपितहरुमाथि सोधपुछ गरिरहेका एक सदस्यले बताए ।





