काठमाडौ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारका मुद्दामा हदम्याद राख्न नहुने भन्दै यो विषयमा उनले अख्तियारको पनि स्पष्ट धारणा खोजेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजी क्षेत्रलाई पनि आफूले हेर्न पाउने गरी कानुन बनाउन गरेको प्रस्तावमाथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रश्न उठाएका छन्।
भ्रष्टाचार निवारण ऐनको संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार भएको छलफलमा उनले भने, ‘मेडिकल कलेज लगायतका सार्वजनिक संस्था भने परिभाषित गर्न किन चाहेको र निजीस्तरका यस्ता संस्थालाई नियमन गर्ने निकाय पनि भएको उनको भनाई थियो ।
अख्तियार भने हदम्याद राख्ने विषयबाट पछि हटेको छ। समितिमा बोल्दै अख्तियार प्रमुख प्रेमकुमार राईले हदम्यादको विषयमा समितिले नै आवश्यक निर्णय गर्नुपर्ने बताए।





