काठमाडौ ।संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी विधेयक) कार्यदलले शिर्ष नेताहरुलाई प्रतिवेदन बुझायो ।
संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी विधेयक) कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलमा गृहमन्त्री रमेश लेखक,नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौला र माओवादीका उपमहासचिव जनार्दन शर्मा रहेका कार्यदलले बुधबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा प्रतिवेदन बुझाएको हो ।