काठमाडौं । मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका प्रा.डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।
पाल्पाका अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
राष्ट्रिय योजना आयोगको वरिष्ठ सल्लाहकार ,अन्तरसरकारी वित्तीय परिषद्को सदस्य,राष्ट्रिय योजना आयोगको वरिष्ठ सल्लाहकार समेत भैसकेका अधिकारी थाइल्यान्डको चुलालोङकर्न विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि हुन् ।