
काठमाडौ । नेपाल सरकारको महान्यायाधिवक्ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शितलनिवासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडाललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए।






